केपी ओली मान्छेको ह’त्या गरेर जेल परेका हुन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्। बुधबार गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले धरपकड गरेपछि उनी प्रधानमन्त्री ओलीप्रति रुष्ट भएका हुन्।

पौडेलले बिहीबार बोल्दी खोलामा निर्माण भएको पुल उद्घाटन गर्दै उनले कम्युनष्टिहरु लोकतन्त्रिक नहुने र उनीहरु अझै नसुध्रेको आरोप लगाए। उनले प्रधानमन्त्री ओली व्यक्ति ह’त्या आरोपमा १४ वर्ष जेल बसेको भन्दै कटाक्ष गरे।

पौडेलले भने, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर? ज्यान मुद्दामा बसेका हुन्। कहाँबाट लोकतन्त्रका लागि बसे? म जस्तो आस्थाका लागि बसेको होइन।’

पौडेल पनि पञ्चायत विरोध आन्दोलनमा १४ वर्ष जेल परेका थिए। उनले राष्ट्रवादको कुरा गर्ने ओलीले बालुवाटारमै भारतीय गुप्तचर प्रमुखसँग भेटेको भन्दै असन्तुष्टि जनाए।

बुधबार प्रहरीले नियन्त्रमा लिएर बोल्दी पुल उद्घाटन गर्न नदिए पनि बिहीबार कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थितिमा उनैले उद्घाटन गरेका छन्।