ह्विलचेयरमै बसेर अरुका लागि ह्विलचेयर बनाउँछन् डन्डबहादुर

डन्डबहादुर बुढाथोकी ४९ वर्षका भए। केही वर्ष अघि एक दुर्घटनामा परेपछि उनी अपांग बनेका थिए।

तर अपांगले केही गर्न सक्दैनन् भन्नेहरुका लागि उनी एक उदाहरणीय पात्र हुन्। राजधानीको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा विगत दुई वर्षदेखि उनी ह्वील चेयर बनाउँदै आएका छन्।

अपांगका लागि ह्विलचेयर बनाउँदा आफूलाई सन्तुष्टि हुने बुढाथोकीले बताए।

अपांगता भएकाहरुलाई सधैँ परनिर्भर भन्दा आत्मनिर्भर बनाउनका लागि आत्मबल बढाउने सहज शिक्षा, तालिम तथा सहयोगी सामग्रीको जरुरी हुन्छ भन्ने कुरा उनलाई देखेपछि पुष्टि हुन्छ।