कुमार पौडेल ह;त्या प्रकरणः प्रहरीले किटानी जाहेरी लिन नमानेपछि सर्वोच्चसम्मको यात्रा

सर्लाहीमा गतवर्ष मारिएका कुमार पौडेलको परिवारले न्याय नपाएको भन्दै मानवअधिकारवादी, सञ्चारकर्मीलाई सहयोगको आग्रह गरेका छन् । आफूहरुले पटक पटक जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिंदा समेत नलिएको र सरकारी वकिल कार्यालयले समेत जाहेरी लिन नमानेपछि सर्वोच्च अदालतसम्म आइपुगेको बताए । अब आफूहरुलाई न्याय दिलाउन ढिलाई नगर्न भनेका छन् ।

‘जिल्ला प्रहरी कार्यालय सर्लाही र सरकारी वकिल कार्यालयले जाहेरी लिन नमानेपछि हामी सर्वोच्च अदालतमा आइपुगेका छौं,’ कुमार पौडेलकी पत्नी कला पौडेलले रिपोर्टर्स क्लब नेपालमा भनिन्,‘हामीलाई न्याय चाहियो ।’ मानवअधिकार आयोगले पनि गैरन्यायिक ह;त्या भनिसकेको अवस्थामा किटानी जाहेरी लिएर दोषीमाथ अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरिन् । उनले गलत आरोप लगाएर आफ्ना पतिलाई पक्राऊ गरी ह’त्या गरिएको भन्दै घटनामा संलग्न कसैले उन्मुक्ति पाउन नहुने बताइन् ।

कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले हत्यामा संलग्नहरु शिर उठाएर हिडिरहेको भन्दै तत्काल कारबाहीको माग गरिन् । न्यायका लागि लामो समयदेखि लडिरहेको भन्दै कारबाहीमा ढिलो गर्न नहुने बताइन् । उनले रुँदै भनिन्, ‘मेरो निर्दोष छोराको हत्या गर्नेमाथि कहिले कारबाही हुन्छ ?’ कुमार पौडेललाई ह’त्या गर्नेमाथि कारबाही नभएसम्म आफूहरु न्यायका लागि लडिरहने बताइन् ।

कुमार पौडेलका भाई हरिकृष्ण पौडेलले सर्लाही प्रहरी र सरकारी वकिल कार्यालयले जोहेरी लिन नमानेपछि सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालत कारबाही अगाडि बढेकोमा आशा व्यक्त गरे । उनले न्यायको लडाईंमा निरन्तरता दिइरहने र दोषीलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे

२०६६ साल असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको प्रहरी मुठभेठमा मारिएको भनी प्रहरीले दाबी गरेकोमा राष्ट्रिय मानवअधिकार अयोगले गैरन्यायिक ह;त्या ठहर गरेको थियो । आयोगले दोषीको नाम किटान गरी कारबाहीको सिफारिश समेत गरेको थियो ।