आफ्नो श्रीमती अर्कै केटासंग लागेको मोबाइलमा भेटिएको भिडियो प्रमाण लिएर मिडियामा श्रीमान

आफ्नो श्रीमतीले धोका दिएको र भएको सम्पति लिएर फरार भएको भन्दै एक युवक मिडियामा आएका छन । काठमाडौ बुढानिलकण्ठ बस्दै आएका क्षेत्र प्रसाद श्रेष्ठका श्रीमती मिन कुमारी श्रेष्ठ एकाएक फरार भएकी छन।

हराएको केही दिनसम्म त क्षेत्रले श्रीमतीलाई जताततै खोजे न त उनीमाथिको बिश्वास घटयो न त मायानै तर जब एकदिन मोबाईल खोलेर इमो एप्स लग ईन गरे तब उनि छागाबाट खसे । त्यहाँ अर्कै युवकसंगको अनैतिक सम्बन्ध भएको प्रमाणहरु भेटे ।

उक्त एप्स भित्र अर्कै केटासंग मोजमस्ती गरेको फोटाहरु भेटेका थिए । जस्ले गर्दा उनी निकै रोए । एउटा सुनको तिलहरी, रिङ, मंगलसुत्र सहित सर्वस्व सामान लिएर उनि एक युवकसंग भागेको उनि बताउछन । आफुहरुको खास झगडा पनि हुने नगरेको र श्रीमतीलाइ आफुले शंका समेत नगरेको उनि सुनाउछन।