पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको नि’धन

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको नि’धन भएको छ । कोरोना संक्रमण निको भएको केही दिनमै उनको नि’धन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । काठमाडौंको बानेश्वरस्थित घरमै उनको नि’धन भएको थियो । बिहीबार बिहान उनको नि’धन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । पञ्चायतमा पनि उदार खेमामा रहेका उनी जनमतसंग्रह पछि भने थापासँग नजिक भएका थिए । “कोरोना रिपोर्ट नेगेटिभ आएको पनि ३–४ दिन भएको थियो,” पारिवारिक स्रोतले बाह्रखरीसँग भन्यो, “आज बिहान उहाँको मृ’त्यु भयो । उहाँमा मुटुको समस्या पनि थियो ।”उनका दुई छोरा र चारजना छोरी छन् ।