रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारविरूद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

नेविसंघले माइतीघरमा गरेको विरोध प्रदर्शन। नेविसंघले माइतीघरमा गरेको विरोध प्रदर्शन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यहारविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। नेता पौडेललाई प’क्राउ र दुर्व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिले माइतीघरमा प्रदर्शन गरेको हो।

विद्यार्थीहरूले विरोध प्रदर्शन गर्नुको साथै नाराबाजी समेत गरेका थिए। तनहुँको पुल उद्घाटनमा जान लागेका नेता पौडेललाई प्रहरीले व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट बुधबार दिउँसो प’क्राउ गरेको थियो। उनी रिहा भइसकेका छन्।