पक्राउ परेको तीन महिनापछि रिया चक्रवर्तीका भाइ शौविकलाई जमानत

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृ’त्यु प्रकरणमा लागुऔषधको कनेक्सन देखिएपछि पक्राउ परेका शौविक चक्रवर्तीले तीन महिनापछि अदालतबाट जमानत पाएका छन्।

शौविक सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीका भाइ हुन्। रिया यसअघि नै छुटिसकेकी छन्।

रियाका साथै शौविकलाई पनि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा पक्राउ गरेको थियो।

पक्राउ परेको तीन महिनापछि स्थानीय एनडीपीएस अदालतले शौविकलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। यसअघि शौविकले दुई पटकसम्म जमानत माग्दै अदालतमा निवेदन दिएपनि अदालतले छाड्न अस्वीकार गरेको थियो।

शौविकलाई गत सेप्टेम्बर ४ र रियालाई सेप्टेम्बर ८ मा एनसीबीले पक्राउ गरेको थियो।