उपराष्ट्रपति पुनका सवारी चालकले जिउँदो शालक बोकेर हुँइकिदै गर्दा समिातए

उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक जिउँदो सालकसहित पक्राउ परेका छन् । उनलाई चार दिन पहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये ससस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर रहेको डिभिजन वन कार्यालयले पुष्टि गरेको छ । भिआइपी ब्यक्तिका चालक रहेकै कारण शक्तिको दुरुपयोग गर्दै उनले जिउँदो सालक निर्धक्क लिएर हिँडेको हुनसक्ने र अवैध कारोबारमा समेत लागेको हुनसक्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको प्रहरीको भनाई रहेको छ ।-OSnepal