सुन्दर परिवार एकैछिनमा पराई भुमिमा अस्ताइ गए

काठमाडौं। अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको नि धन भएको छ भने दुई जना घा इते भएका छन् । निधन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घाइते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चि*न्ताजनक छ। प्रहरीले दु*र्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ। सवारी चालक प्रभास मृ*तक श्रद्धा खनालका पति थिए।

प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठ*क्क*र दियो।’ प्रभासले टोयोटा र्‍याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घ*टनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

मृ तक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको थियो। श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आइपुगेका थिए। मृ तक श्रद्धा ओझा खनाल बिराटनगर निवासी हुन् ।

यो पनि पढ्नुहोस: क्यालिफोर्नियामा २० को श व भेटियो, १४ अझै बेपत्ता

अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृ त्यु भएका मध्ये २० जनाको श व भेटिएको छ । डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् ।

अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृ त्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् । हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।

आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ । क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।