सनी देओललाई कोरोना संक्रमण

बलिउड अभिनेता तथा गुरदासपुरका बीजेपी एमपी सनी देओललाई कोरोना संक्रमण भएको छ । अभिनेताले बुधबार बिहानै ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “मैले कोरोना परीक्षण गराएँ र रिर्पोट पोजेटिभ आएको छ । म आइसोलेसनमा छु र स्वास्थ्य अवस्था ठिक छ । पछिल्लो केहीदिन देखि मेरो सम्पर्कमा रहेका तपाईंहरु सबै आइसोलेसनमा बस्नु हुन मेरो अनुरोध छ ।”

उनको हालै मुम्बईमा काँधको शल्यक्रिया गरिहएको थियो । केहीदिन अघि मात्रै देओल परिवारले ‘अपने ३’ निर्माणको घोषणा गर्दै यसमा देओल परिवारको तीन पुस्ता एकैसाथ पर्दामा आउने पनि जानकारी दिएका थिए ।