सबै एटीएम प्रयोकर्ताहरुका लागि यो जरुरी जानकारी

काठमाडौ। एटीएम प्रयोकर्ताहरुका लागि एक नयाँ खबर आएको छ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा थप घटाएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरेको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने र ग्रहण गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रतिकारोवार न्यूनतम रु पाँच हजारदेखि रु २० हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गरिएको हो । यस भन्दा अघी एउटा बैंकको एटीएम अर्को बैंकमा नचल्ने जनाइएको छ ।