कुमारीबाट अवकाश पाएकी समिता बज्राचार्य ‘जीवित देवी’को सामाजिक जीवन

काठमाडौ। पाटनकी कुमारीबाट अवकाश पाएको दिन समिता बज्राचार्यलाई केही असहज लाग्यो । आठ वर्षको उमेरमा कुमारी छानिएकी उनले त्यसपछिका चार वर्ष जमिनमा पाइला टेक्न पाइनन् । ‘अवकाश पाएपछि सुरुका दिनमा जमिनमा टेक्न र हिँडडुल गर्न साह्रै गाह्रो भयो,’ उनी भन्छिन् । कुमारी रहुन्जेल उनलाई बोकेरै भित्र–बाहिर गराइएको थियो ।

पढाउन घरमै शिक्षक बोलाइन्थ्यो । अवकाश पाएको दिनदेखि उनको दैनिकी फेरियो । अब उनी अन्य किशोरीझैँ सामान्य जीवनमा थिइन् । ‘एक हिसाबले मलाई राम्रो पनि लाग्यो, तर जीवनबाट केही छुटेजस्तो पनि महसुस भयो,’ उनी भन्छिन्, ‘कुमारीबाट अवकाश पाएका सबैको साझा भोगाइ हो, यो ।’ समय बित्दै जाँदा उनले सामाजिकीकरणका विभिन्न पाटा सिक्दै गइन् ।

कुमारी छउन्जेल उनले रातो पहिरन मात्र लगाउनुपथ्र्यो । पहिलोपटक स्कुल ड्रेस लगाउँदा शरीर नै अर्कैजस्तो महसुस भयो, उनलाई । समिता पढाइका अलावा ‘सरोद’ बजाउन पनि रुचि राख्छिन् । कक्षा ५ पढ्दैदेखि उनले सरोद बजाउन सिकेकी हुन् ।

उनीभन्दा अगाडिकी कुमारी चनिरा बज्राचार्य पनि अवकाश पाएको दिन सामान्य किशोरीजस्तै भएकी थिइन् । कुमारीको पहिरन र शृंगार छुटेको थियो । उनलाई पनि केही दिन घरबाहिर कदम राख्न गाह्रो भयो । ‘बुबा–आमाले निकै काउन्सेलिङ गर्नुपरेको थियो,’ उनी भन्छिन्, ‘कुमारीको रूपमा दसैँमा मैले नै परिवारका सबैलाई टीका लगाइदिन्थेँ । कुमारीबाट हटेपछि बिस्तारै अब त्यो अधिकार बाँकी नरहेको बुझेँ र छाडेँ ।’ पुरा पढ्नुहोस…