आमाको विहे भएको छैन, छोरी २० वर्षकी भइन्

मुम्बई। बलिउड अभिनेत्री सुष्मिता सेनकी ठूली छोरी रेनी २० वर्षकी भएकी छन्। सुष्मिताले समाजिक संजालमा एउटा भावुक पोस्टमार्फत रेनीलाई जन्म दिनको शुभकामना दिएकी छन्।

उनले रेनीसँग फोटो शेयर गर्दै लेखेकी छन्–मलाइ आमा भन्ने पहिलो मेरी बच्ची। उनी निकै लामो समय र मेहनतपछि मेरो मनबाट पैदा भएकी हुन्। जन्म दिनको शुभकामना। हामीसँग भएको २० वर्ष भयो।’

सुष्मिताले अगाडि लेखेकी छन्–अहिलेसम्मको यात्रा निकै राम्रो भएको छ। कयौं महत्वपूर्ण अनुभव अगाडि आउँदैछन्।’
रेनी सुष्मिता सेनकी पहिलो धर्मपुत्री हुन्। उनले २००० मा धर्मपुत्रीका रुपमा स्वीकार गरेकी थिइन्। त्यसपछि २०१० मा उनले अलीसालाई दोस्रो धर्मपुत्रीका रुपमा अपनाएकी थिइन्।