नदि किनारमा राखिएका ढुँगा रं’ग्याइएपछि….

नवलपुरको कावासोती १२ मा रहेको ज्योति गंगा स्नानघाटमा रहेका ढुँगाहरुमा रंग लगाउँदा त्यसले रौनकता बढाएको छ । नदी कटान तिव्र भएपछि छेकवारका लागि राखिएको ढुँगाहरुमा सेता, हरियो, पहेँलो रङहरु पोतिए को हो । बाढी छे’क्न लगाइएको ढुँगा अहिले पर्यटक तान्नलाई समेत प्रयोग भएका छन् ।

ढुँगा हेरेर त्यसैमा सेल्फि र फोटो खिच्न मानिसहरु जान थालेका छन् । तटबन्धमा राखिएका ढुँगाहरुमा फरक फरक रँगहरु लगाउँदा रक गार्डेनको झल्को दिएको छ । स्नानघाट निर्माण तथा ढुँगामा रँग लगाउने कार्यमा अग्रसर ज्योति राधाकृष्ण मन्दिरका संरक्षक एवम पण्डित ज्योतिलाल भट्टराइले नारायणी नदी किनारमा आउनेहरुको मन शान्तिका लागि यसले ठूलो मद्दत मिलेको र अ’शान्त मन भई यहाँ आउनेहरु वातावरण अवलोकन पश्चात शान्त हुने दावी गर्नुभयो ।

मन्दिर वन्यो, हवन कुण्ड वन्यो, पौवाहरु वन्यो त्यसपछि यसको शोभायमना बढाउन यो कार्यको थालनी गरेको बताउनुभयो । नजिक होटल तथा रि’र्सोटहरु रहेको उक्त स्थान चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर पर्छ । जहाँबाट वन्यजन्तुको अवलोकन सँगै नारायाणी नदीको सुसेलीमा भुलेर मज्जा लिन सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न सरकारले चासो दियो भने प्रकृतिको संरक्षणसँगै पर्यटक भित्राएर आर्थिक वृद्धिसँगै रोजगार सृजना गर्न सकिने स्थानीयले बताएका छन् ।

चाह्यो भने नयाँ जुक्ति र मेहनतले सामान्य स्थानलाई पनि आकर्षक गराउन सकिने यहाँको कार्यले प्रमाणीत गरेको छ । कुनै वेला वास नै उठाउने चिन्ता थपिएको नारायणी यति वेला आय आर्जनको स्रोत बन्न पुगेको छ । तर अझ ठूलो कार्यका लागि स्थानीय सर कारले मात्रै नभई केन्द्र तहबाटै सहयोग हुनुपर्नेमा स्थानीयको जो’ड छ ।