दलितलाइ माथिल्लो जातका मानिसले टेक्ने जमिन नदिएपछि पुलबाट ला’स झारियो (भिडियो)

डोरीको प्रयोगबाट २० फिट तल लास झारिएको दृश्य मार्मिक छ । यसमा जातीय भेदभाव कारण रहेको छ । भारतको तामिलनाडु राज्यको भेल्लोरको एउटा पुलबाट दलित व्यक्तिका आफन्तहरूले मृतकको शरीरलाई डोरीको प्रयोग गरी पुल माथिबाट २० फुट तल लास झारिएको एउटा भिडियो सार्वजानिक भएको हो।

दलित व्यक्तिहरुको अन्त्येष्टि गर्ने मैदानसम्म पुग्ने क्रममा उनीहरुलाई माथिल्लो जातका मानिसहरुले आफ्नो जमिनबाट जान नपाईने बताए पछि चिहान पुग्न लासलाई पुलबाट झार्नु परेको हो।

आफ्नो समुदायहरुसँग प्रयाप्त जमिन नभएको र भएका सानो जमिनमा पनि उनीहरुले आफ्नो लागि घर बनाएको हुँदा उक्त समस्याको सिर्जना भएको बताएका छन् । पहिला चिहान जाने सानो बाटोमा कुनै आपत्ति नभए पनि अहिले माथिल्लो जातका मानिसले आफ्नो कृषिलाई विस्तार गरेर बाटो रोकिदिए।

धेरै सरकारी टोलीले उनीहरुको गाउँ भ्रमण गरी चिहानको लागि करिब ४ कि.मि टाढा मैदान दिने प्रतिज्ञा गरेको छ । भेल्लोर कलेक्टरले राजस्व, खण्ड र पुलिस अधिकारीहरू घटनास्थलको भ्रमण गर्न गए । यो दृश्यले उनीहरुलाई भविष्यमा शव लान र अन्तिम संस्कार गर्न कुनै समस्या नपर्ने सुनिश्चितता गरे।
थप भिडियोमा हेर्नुस्