देशभर ह्वात्तै चिसो बढ्यो, कहाँ कति छ तापक्रम ? (विवरणसहित)

काठमाडौ । देशभर चिसो बढ्न थालेको छ। केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। आज उपत्यकाको न्यूनतम तापक्रम बिहान ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

सबै भन्दा कम तापक्रम जुम्लामा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यहाँको तापक्रम माइनस २ डिग्री भन्दा कम छ। यसै गरी दोलखाको जिरीको तापक्रम शून्य दशमलव तीनमा झरेको छ।