
नेपाल उद्योग वाणिज्य महासंघको शनिबार राति जारी मतगणनामा वस्तुगत तर्फ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। उनी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोरकुमार प्रधान समूहका हुन्।
उनले ६२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरेका छन्।
श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन्।
वस्तुगत केन्द्रीय सदस्यमा भने प्रधान समूहका ७ र ढकाल समूहका ७ जना विजयी भएका छन्।