अबको प्रधानमन्त्री माधवकुमार नेपाल ?

काठमाडौं। धनकुटा जिल्लामा २७ वर्ष ७ महिना अघि आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले का चर्चित माता हुन् ।

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपतिहरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहार हरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन।

आज माताको जन्मदिन परेको छ । जन्मदिनको अवसरमा मतलाई भेट्न नेता देखि कलाकार सम्म आएका छन् । यसै बीच चर्चित नायक शिब श्रेष्ठ पनि पुगेका थिए । त्यसै गरि नेता माधब कुमार नेपाल पनि पुगेका थिए । माता सबिताका अनुसार राजनीतिले गर्दा नेपालमा अझै संकट आउने र माधब कुमार नेपाल प्रधानमन्त्रि हुने समेत बताईन ।

सबिता माता संग गरेको यो कुराकानी हेर्नुस: