पेलेले म्याराडोनाप्रति श्रद्धाञ्जली दिंदै भने; ‘एक दिन, मलाई आशा छ, हामीले स्वर्गमा सँगै फुटबल खेल्ने छौँ ’

ब्युनस आयर्स– अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निध’न भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।

म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार नि’धन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरेका थिए । अर्जेन्टिनाका राष्ट्रपतिको कार्यालयले म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिने जनाएको छ । अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको नि’धनप्रति सामाजिक संजाल ट्वीटर मार्फत गहिरो दुःख व्यक्त गरेको छ ।

अर्जेन्टिनाका राष्ट्रपति अल्फ्रेडो फर्नान्डेजले म्याराडोनाले अर्जेन्टिनालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै म्याराडोनाले अर्जेन्टिनीलाई अति खुशी तुल्याउन अतुलनीय योगदान गरेको बताएका छन् । ला’गूऔ’षध सेवनको कूलतमा फसेका कारण ठूलो मा’नसिक, सामाजिक क्षति व्यहोर्नु परे पनि आफ्नो जीवनकालमा म्याराडोनाले धेरै पदक र पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै विश्व फुटबलका महान खेलाडीका रुपमा लिइने पेलेले अर्का महान खेलाडी डिएगो म्याराडोनाप्रति भावनात्मक श्रद्धाञ्जली दिएका छन् । बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएका म्याराडोनालाई पेलेले ‘आफ्ना उत्कृष्ट साथी’ का रुपमा परिभाषित गरेका छन् ।

ब्राजिलियन लेजेण्ड पेलेले दिएको शोक सन्देशमा भनेका छन्, ‘मैले राम्रो साथी गुमाएँ र विश्वले लेजेण्ड ।’ गएको महिना ८० वर्ष लागेका पेले र म्याराडोनालाई विश्व फुटबलका सर्वकालीन दुई उत्कृष्ट खेलाडीका रुपमा लिइन्छ ।

पेलेले ट्वीटरमा लेखेका छन्, ‘धेरै कुरा भन्न बाँकी नै छ, तर अहिलेका लागि, उनको परिवारका सदस्यलाई भगवानले शक्ति प्रदान गरुन् । एक दिन, मलाई आशा छ, हामीले स्वर्गमा सँगै फुटबल खेल्ने छौँ ।’ म्याराडोनाले २५ वर्षको उमेरमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका थिए भने पेलेले किशोरावस्थामै सन् १९५८ मा ब्राजिललाई उपाधि दिलाएर तहल्का मच्चाएका थिए ।