म्याराडोनाको नि’धन; ‘यो शून्यता भर्न सकिँदैन’- रोनाल्डो, मेस्सीले भने- ‘डिएगो नाम अमर छ’

काठमाडौं। दिग्गज फुटबलर डिएगो म्याराडोनाको नि’धनले विश्व फुटबल जगत शोकमा छ । म्याराडोनाको नि’धनपछि शोक सन्देश जारी गर्दै स्टार फुटबलर लियोनेल मेस्सीले भनेका छन् ‘जसको नाम डिएको म्याराडोना हो ऊ कहिल्यै मर्न सक्दैन किनकि डिएगो नाम अमर छ । मेस्सीले इन्स्टाग्राममार्फत शोक सन्देश जारी गर्दै यस्तो लेखेका हुन् ।

म्याराडोनाको बुधबार ब्युनस आयर्समा हृदयाघातका कारण नि’धन भएको हो । उनी ६० वर्षका थिए । मेस्सीले अगाडि लेखेका छन् ‘अर्जेन्टिनाका सबै नागरिक र फुटबलको लागि निकै दुखद दिन । उहाँ हामीलाई छाडेर जानुभयो तर उहाँ धेरै टाढा जान सक्नुहुन्न किनकि डिएको अमर हुनुहुन्छ । म ती महान व्यक्तिसँग बिताएका हरेक पलहरु याद गर्दै उहाँका परिवारप्रति समवेदना व्यक्त गर्दछु । रेस्ट इन पीस ।’

अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ट्वीट गर्दै लेखेका छन् ‘आज मैले आफ्ना एक असल मित्रलाई अलविदा भनें र विश्वले एक महान जिनियसलाई । विश्वका सर्वकालीन महान जादुगर । उहाँ चाँडै जानुभयो तर आफ्नो पछाडि एक विरासत छाडेर जानुभयो अनि एक यस्तो शून्य जसलाई कहिल्यै भर्न सकिने छैन । ईश्वरले तपािइँको आत्मालाई शान्ति दिउन् । तपाइँलाई कहिल्यै बिर्सन सकिने छैन ।