प्रहरीद्वारा कन्टेनर चालक कुटिए (भिडियो सहित)

रसुवा– रसुवामा प्रहरीले कन्टेनर चालकमाथि कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको जनाइएको छ ।

चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीको आलोचना गरिएको छ । रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालको अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु भएको छ ।

उक्त भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको ब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।

भिडियो यहाँ हेर्नुहोस:
DF38BDEA-711C-44F6-83CE-D9DC2B2BD67C