ट्यांकीमा छैन पानी, हात धुने कसरी ? (फोटो फिचर)

कोरोना संक्रमणको जोखिमलाई कम गर्न उपत्यकाका विभिन्‍न सार्वजनिक स्थानमा स्थान हात धुन राखिएका पानी ट्यांकीमा पानी छैन । पानी नभएपछि ती ट्यांकी अहिले प्रयोगविहीन भएका छन् ।

काठमाडौंका विभिन्‍न स्थानमा राखिएका पानीका ट्यांकीहरु पनि जीर्ण बन्दै गएको देख्‍न सकिन्छ । कतिपय ट्यांकीमा जोडिएका धाराका टुटीहरु भाँचिएका छन् भने केही बिग्रिएर काम नलाग्‍ने अवस्थामा पुगेका छन् ।

कोरोना भाइरस नफैलिँदै संक्रमणका डरले राखिएका धेरै स्थानका पानी ट्यांकी अलपत्र अवस्थामा पुगेका हुन् । ट्यांकी प्रयोगविहीन हुँदा राज्यले गरेको लाखौंको खर्च अहिले फजुल बनेको छ । हेरौं काठमाडौंका विभिन्‍न स्थानमा हात धुन राखिएका ट्यांकीका थप तस्बिर :