एलिजाको प्रश्न, मैले श्रीमानको गोडा ढोगेर जल खाँदा अरुलाई के को आपत्ति ?

काठमाडौं। हरेक चाडबाड मनाउने तरिका जमानाअनुसार परिवर्तन हुँदै गएको छ हिन्दु महिलाहरुको महान चाड तीजको सवालमा पनि यस्तै कुरा लागु हुन्छ । यो चाडमा कतिले व्रत बस्छन् त कतिले बस्दैनन्। गरगहना र लुगा पनआफ्नो इच्छाअनुसार लगाइएको हुन्छ। व्रत बस्ने भनिएको दिनमाश्रीमानसंगै अनेक परिकार खाएर घुमघाममा दिनबिताउनेदेखी निर्जल व्रत बसेरनाचगानम रमाउनेको पनि आ आफ्नै भिड छ।विभिन्न व्यक्तिहरु चाडबाडप्रति आफ्नो विचार व्यक्त गरि नै रहेका हुन्छन् ।यस्तैमा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी नायिका एलिजा गौतम ट्रोलको शिकार भएकी छिन्।

उनले दिनभरी व्रत बसिसकेपछि साँझ आफ्नो श्रीमानको गोडा धोएर पानी खाएको तस्विर र भिडियो आफ्नो फेसबुक एकाउन्ट मार्फत सेयर गरेकी थिईन्।सोहित स्विरमा उनलाई थुप्रै नकारात्मक प्रतिक्रिया आएको छ भने कतिपयले उनको यो कामलाई संस्कारको नाम पनि दिएका छन् । अभिनेत्री पुजना स्त्री लेख्छिन्,बाहिर ठुला ठुला कुरा गर्ने फेसबुकमा भित्ताभरी आदर्शका कुरा लेख्नेहरु प्राय यस्तै मानसिकताका छन्। श्रीमती जीवनसाथी हुन की दास या कमारी हुन जनता जान्न चाहन्छन् उनले सामन्ती ऋषि धमलाप्रति खेद प्रकट गर्छु भनेर पनि उल्लेख गरेकी छिन् ।

त्यस्तै कलाकार,निर्देशक निर्मल शर्मा गैँडा लेख्छन्,मैलै सानैबाट काठमाण्डौको भित्री शहरी भागमै देख्दै अनी सुन्दै आएको परम्परा हो यो, ईच्छा हुनेले गर्दा र ईच्छा नहुनेले नगर्दा पनी दुबैलाई नेपालको प्रचलित कानुनले अपराध मान्दैनश्रीमानको गोडाको पानी खाएकै कारण आफ्नो जोडी ट्रोलको शिकार भएपछि एलिजाले उक्त कुराको खण्डन गर्दै फेसबुकमा आफ्नो बिचारपोखेकी छिन् ।आफुले सानैदेखी देख्दै र भोग्दै आएको कुरा भएको साथै परम्परालाई मान्नु नमान्नु आफ्नो इच्छाको कुरा भएको उल्लेख गर्दै एलिजाले यो अधिकार भएको बताएकी छिन्। आफ्नो श्रीमान्संगको खुशीको पलको तस्विर सेयर गर्दा अरुलाई किन आपत्ति भनेर उनले प्रश्न गरेकी छिन्