‘रत्नपार्कमा बसेर वार्ता गर्न तयार छौं’ – विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले युद्धको घोषणा नगरेको बताउँदै शान्तिपूर्ण निकासको लागि बहस गर्न तयार रहेको बताएका छन् । विप्लवले पार्टी निकट रातो खबरलाई अन्तरवार्ता दिँदै एनसेल, अरुण र अपरकर्णाली देशको हितमा नभएको आफ्नो पार्टीले कारवाही गरेको बताउँदै फेरि पनि गर्ने बताएका छन् ।

अन्तरवार्ताको क्रममा विप्लवले आफूहरु रत्नपार्कमा कुर्सीमा बसेर बार्ता गर्न तयार रहेको बताएका छन् । तर सरकारले आफ्नो लुट लुकाउन प्रतिबन्द लगाएको बताए ।

त्यसैगरी सर्वोच्च अदालतले एनसेलबारे गरेको पछिल्लो फैसला देशविरुद्धमा नभएको भन्दै त्यसविरुद्ध संघर्ष घोषणा गरेको बताए । उनले अन्य पार्टीमाथि प्रश्न गर्दै एनसेल प्रकरणमा सबै नेताहरु फसेको बताए । उनले एनसेललाई नेपालबाटै लखेट्ने चेतावनी दिए ।

महासचिव विप्लवले अहिलेको व्यवस्था जनविरोधी भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपरेको बताएका छन् । उनले दलाल पुँजीवादी व्यवस्थाको विकल्पको रुपमा नेकपाले वहस र आन्दोलन चलाएको बताएका छन् ।

नेकपा निकट अनलाईन इ रातो खबरले महासचिव विप्लवसँग लिएको भिडियो अन्तरवार्ता: