अब नेकपा रहँदैन , संकटकाल घोषणा गरेर संसद बिघटन हुन्छ — प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले शनिबार साँझ तीन घन्टा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । ओली र देउवाबीचको गोप्य छलफलले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । उनले देउवासँग सत्ता साझेदारीको प्रस्ताव समेत राखेका छन् ।

देउवालाई सम्भावित नेकपा दुर्घटनापछि मिलेर जाने प्रस्ताव ओलीबाट आएको छ । त्यसको भोलिपल्ट ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । यो भेटबारे बताउन नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।

नेकपा विवादको दश दिनको युद्धविराम सकिन पाँच दिनमात्र बाँकी छ । यो अवधिमा ओलीले विभिन्न विकल्प राखेर तयारी थालिसकेका छन् । उनले यसअघि संसद बिघटन गरी मध्यावधिमा जाने विकल्प पनि राखेको चर्चा छ । यसलाई नेकपाभित्रै उनका विश्वासपात्रले रोक्न सफल भए । तर, त्यो कदम चाल्ने सम्भावना टरेको मात्र हो समाप्त भएको भने होइन ।

संसदको बजेट बैठक चाँडे अन्त गरियो । ओलीले आफूविरुद्धको सम्भावित अविश्वासको प्रस्तावलाई उक्त कदमबाट टारिदिए । तर, हिउँदे अधिवेशन अझै डाकिएको छैन । यसको ढिलाईप्रति आशंका बढेको छ । ओलीले सत्ता संकटसँगै संसद बिघटन गर्ने सम्भावना पनि देखिनथालेको छ । यस्तो कदम चाल्दा पार्टीभित्रको विरोधी विफल हुने बुझाईका साथ ओली अगाडि बढ्न खोजिरहेका छन् ।