वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी

बुटवल। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।

वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् । छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ, त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।