तीजको व्रत बसेकी श्रीमतीको श्रीमान्द्वारा ह*त्या

रुकुम। रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्र*हार गरी व्रत बसेकी श्रीमतीको ह*त्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको ह*त्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

अत्याधिक म*दिरा सेवन गरेका नविनले सोमबार राति ह*त्या श्रीमतीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे प्र*क्राउ गरिएको छ ।

मृ*तकको श*व पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।नविनलाई प्रहरी हिरासतमा राखेर घ*टनाको अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । घ*टनास्थलको विस्तृत अनुसन्धान गर्नको लागि बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको छ । यो समाचार टिकाराम खनालले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।