यति छ साउथ इन्डियन नायक महेश बाबुको सम्पत्ति !

एजेन्सी । साउथ इन्डियन अभिनेतालाई एक्सन स्टारका रूपमा चिनिने गरिन्छ । साउथका फिल्ममा एक्सनलाई बढी प्राथमिकता दिइने भएकाले एक्सन हिरोको पारिश्रमिक र कमाइ पनि निकै उच्च छ । फिल्म खेलेरै हजारौँ करोडका मालिक भएका स्टार थुप्रै छन् । भारतीय अनलाइनले एउटा रिपोर्ट प्रकाशित गरेको छ, जहाँ चर्चित अभिनेताहरूको सम्पत्तिबारे जानकारी छ ।

महेश बाबु विशेषगरी तेलेगु फिल्मका अभिनेताका रूपमा चर्चित छन् ।महेश बाबु अभिनयका साथै फिल्ममा लगानी पनि गर्छन् । पद्मालय स्टुडियो पनि सञ्चालन गरिरहेका महेश बाबुले सन् १९९९ को राजाकुमारुडू फिल्मबाट डेब्यु गरेका थिए । उनको जन्म ९ अगस्ट १९७५ मा चेन्नईमा भएको हो ।

एक्सन लभर हिरोका रूपमा चिनिने महेश बलिउड अभिनेत्री नम्रता शिरोडकरका पति हुन् । यिनले अहिलेसम्म साउथमा चारचोटि उत्कृष्ट अभिनेताको अवार्ड जितिसकेका छन् । यिनको कुल सम्पत्ति २१२।८ करोड छ । महेशले आफ्नो करीयरको शुरुवात बाल्यकाबाट नै गरेका हुन् ।