उपत्यकामा तीन साता कडा लकडाउन !, लकडाउनको विकल्प रहेन…

काठमाडौं उपत्यकामा पुन: तीन साताका लागि लकडाउन गर्ने तयारी भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण ब्याक फैलिएसंगै पुन: तीन साताका लागि लकडाउन गर्ने तयारी भएको हो ।

यता महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ ।

विश्वका धेरैजसो मुलुकमा दोस्रो चरणको संक्रमण देखा परेपछि पुनः लकडाउन गरिएका कारण काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक रहेको फोरमका प्रवक्ताले बताए ।

उनका अनुुसार फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय सरकारले नै गर्नेछ ।

शनिबारसम्म विश्वभर संक्रमितको संख्या दुई लाख १८ हजार छ सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ । यता काठमाडौं उपत्यकामा मात्रै संक्रमितहरुको संख्या एक लाख नाघेकाे छ ।