कोरियन भाषा परीक्षाको परीक्षा केन्द्र तोकियो

काठमाडौं, ८ जेठ । कोरिया भाषा परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको छ । ईपीएसमार्फत सन् २०२० मा दक्षिण कोरिया जानका लागि आवेदन दिएका विद्यार्थीले दिने परीक्षा केन्द्र निर्धारण भएको हो ।

यसपालि ईपीएसको परीक्षा काठमाडौं, ललितपुर र कास्कीको पोखरा गरी ३ ठाउँमा सञ्चालन गरिने भएको छ । आगामी जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि तीन जिल्लाको ३२ ठाउँमा परीक्षा केन्द्र तोकिएको छ ।

जसमा काठमाडौं जिल्ला अन्तर्गत २१ परीक्ष केन्द्र, ललितपुरमा ७ परीक्षा केन्द्र र पोखरामा ४ ठाउँमा तोकिएको छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष धेरैको आवेदन परेको हुुनाले चार वटा केन्द्र थपिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले दिएको जानकारी अनुसार यो बर्ष ९२ हजार ३७६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । पछिल्लो समय कोरिया जानका लागि नेपाली युवाहरुले निकै मेहनत गर्दै आएका छन्