तीजकै दिन नुहाउने क्रममा तीन महिला वेपत्ता

काठमाडौं । आज देश तथा विदेशमा तीजको रौनकता छाएको छ । यो बीचमा देशका विभिन्न दु*र्घटनाहरु पनि भएका छन् । जानकारी अनुसार कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को मर्थीनदीको सन्तघाटमा नुहाउने क्रममा नदीको भेलमा परेर ३ जना बेपत्ता भएका छन् ।

तीजका अवसरमा नदीमा नुहाउन गएका शुद्धोधन गाउँपालिका ६ बेलभरियाकी २५ वर्षीय तारामति कोहार, सोहि स्थानकी १५ वर्षीय तारा कहाँ र र धनश्यमाम रैदासकी ८ वर्षीय छोरी खुस्बु रैदास भेलमा बगेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । भेलमा बगेका उनीहरुको खोजीका लागी स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।