प्रधानमन्त्री ओलीलाई भेट्न पौडेल र गौतम सिंगापुर जाँदै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली भने भदौ २० गते नेपाल फर्कने बताइएको छ । ओलीलाई भेटेर नेताहरु संगै फर्कने योजना रहेको बताइएको छ ।

महासचिव पौडेल र प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम मंगलबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने कार्यक्रम रहेको नेकपा स्रोतले जानकारी दियो । गत भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।