काठमाडौ छोडेर बझाङ गएकी सोनिका कागती बेच्दै ! (भिडियो)

सोनिका रोकाय सामाजिक सञ्जालमा निकै चर्चित नाम हो । कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझाङमा छन्। कोरोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै छन्।

काठमाडौंमा रहेर उनले बनाएका युट्युव भिडियो निकै चर्चित हुने गरेका थिए । अहिले उनले बझाङवाट सामाजिक परिवेशका भिडियो सार्वजनिक गर्दै आएकी छन्। बुवा आमाले गरेका खेती किसानीका कामलाई सहयोग गर्दै उनले बिताएका गाउँले जिवन पनि वास्तवमै लोभलाग्दो छ । त्यहाँका मनोरम दृष्य उनले सार्वजनिक गरेका भिडियोमा देख्न सकिन्छ।

त्यसमा उनले सामाजिक विषयबस्तु उठाउँदै आएकी छन् । केही उनका ब्यक्तिगत जिवनका भिडियो पनि सार्वजनिक गर्ने गरेकी छन्। लामो समय देखि बझागंमा रहेकी उनले त्यहाँ आफ्नो आमाबुवा र परिवारले गरेको कृषि उत्पादनहरु प्रस्तुत गरेकी छन्।

निकै साधारण भेषभुषामा देखिएकी सोनिका बुवाआमाको यस्तै मेहनतले दिएको प्रतिफलले आफुलाई पनि अभिप्रेरित गरेको बताउँछिन्।

थप भिडियोमा हेर्नुस्