घर र अफिसमा गाँ’जा फेला परेपछि केमेडियन भारती प’क्राउ

काठमाडाैं : भारतीय केमेडियन भारतीलाई प्रहरीले प’क्राउ गरेको छ। नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार सोधपुछका लागि नियन्त्रणका लिएको बताएको छ।

भारतीको प्रोडक्सन अफिस र घरबाट ८ ग्राम गाँ’जा बरामद गरेपछि प्रहरीले उनलाई समातेको बताएको छ। एक लागुऔषध प्रयोगकर्तासँग गरिएको सोधपुछबाट उनको नाम बाहिर आएको थियो।

यसपछि अधिकारीहरुले अँधेरी, लोखन्डवाला र वर्सोवाका घरमा छापा मारेको थियो। त्यहाँबाट पनि भारतीय नारकोटिक्स कन्ट्रोल ब्युरोले लागु औ’षध बराबद गरेको थियो। यसअघि ड्रग्स केसमा भारतीय अभिनेता अर्जुन रामपाललाई पनि ब्युरोले अनुसन्धानका लागि सोधपुछ गरेको थियो।