पूर्वयुवराज पारस शाह किन यति ‘चिप’ बन्दैछन् ?

काठमाडौं। शाहज्यादा हुँदै असंख्य विवादमा मुछिएका पूर्वयुवराज पारस शाहप्रति पूर्वराजा ज्ञानेन्द्र शाह अलिक सकारात्मक हुँदै थिए तर उनको विवादका शिलशीला रोकिने छाँट देखिएको छैन ।

दरबार हत्याकाण्डपछि राजगद्दी सम्हाल्नासाथ युवराज घोषणा नगर्नूको कारण विवाद निम्तिन्छ भन्ने नै थियो । चार महिनासम्म ०५८ सालमा युवराज घोषणा नगरिएका पारसको उदण्डतामा कमी आउला भन्ने थियो, पूर्वराजालाई । उनको बारेमा सोच्दा सोच्दै जम्मा ५ बर्षको अन्तरालमा शाह वंशीय राजतन्त्र नै मुलुकमा रहेन, गणतन्त्र आयो ।

गणतन्त्र घोषणा भए पनि दरबारप्रति जनमोह शून्यमा झरेको थिएन । पहिलो संविधानसभामा त्यसको प्रतीकका आधारमा तत्कालिन राप्रपा नेपालका चार सीट र दोस्रो संविधानसभामा ह्वात्तै ग्राफ बढेर २५ सीटमा पुगेको थियो ।

एजेन्डाको दुरुपयोगमा सत्तास्वादमा कमल थापा रुमल्लिएपछि दरबारको ग्राफ फेरि स्वाट्टै घट्यो । यसो हुनुमा पारस शाहको धेरथोर ‘चिप’ बनिदिने बानी र विविध घटनाको विवादमा सतहमा उत्रिनु पनि देखियो ।

दरबारनिकट स्रोतले भन्यो,‘त्यसबेला पारस शाहको हर्कत र आनीबानीमा केही सुधार आएको भए दरबारप्रतिको सहानुभूति अझ बलियो हुने थियो जस्तो लाग्छ । तर विविध विवादमा मुछिनु नै दुर्भाग्य भयो ।’

परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध बन्दै गर्दा पत्नी हिमानीसँग निकटता हुन सकेको छैन । छोराछोरीसँग नजिक छन्, बाबुआमासँग सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । तर, उनका केही हर्कतले भित्र–भित्रै पूर्वराजा पनि मुर्मुरिएको दरबार स्रोतले जनायो । पूर्वराजालाई छोराको अहिलेको संगत पनि मन परेको छैन

थाइल्यान्डमा लामो समय बस्दा लागुपदार्थ सेवन, कारोबार र प्रेमको विषयले पारस विवादमा तानिएका थिए । उनका कतिपय तस्बिर र पक्राउ गरिएका विषयबस्तु सतहमा आए, जुन नागरिकका लागि पटक्कै रुचीकर थिएनन् ।

सोहीबीचमा कांग्रेस नेत्री सुजाता कोइरालाकी छोरी ज्वाँई बंगलादेशी नागरिक रुवेल चौधरीसँग चितवनमा भएको विवाद सतहमा आयो । पारसले सुजातापुत्रीलाई जिस्क्याएको र चौधरीमाथि बन्दुक नै तेर्साएको हल्ला आयो । जसका कारण हातहतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालयमा शाहले तारेख समेत धाउनु परेको थियो ।

यसबीचमा कुनै खास विवादमा नतानिएका पारस आजभोली अनेक ‘चिप’ काममा हिँडेका विवरण सार्वजनिक हुन्छन् । सर्वसाधारणको जीवनशैली अपनाएको भनिए पनि ‘युट्युवर’ सोनिका रोकायासँगको उनको अँगालो मारेको तस्बिर बाहिर आयो । जसले अर्को विवाद खडा गरेको थियो ।

त्यसअघि उनले ट्राफिक नियम मिचेर सवारी चलाएको भनी विवाद आएको थियो । जसमा जरिवानामा समेत परेका थिए । हालै मात्र विमानस्थलमा प्रहरीमाथि जाइलागेको विषय पनि विवादीत भयो । तर, त्यसमा पारसले सामाजिक सञ्जालमार्फत घटनाको विवरण राख्दै माफी पनि मागेका थिए ।

‘कतिपय घटना नियोजित नहुन सक्लान् । तर, उनी यसरी विवादमा आइरहे भने त्यसबेलाको छविमा सुधार भयो भनेर मानिस आश्वस्त हुन सक्ने छैनन्’, पारसनिकट एक व्यक्ति भन्छन्,‘यो आश्वस्त पार्नका लागि विवादीत काम र प्रचारमा पूर्वयुवराज आउन हुँदैन ।’

परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध बन्दै गर्दा पत्नी हिमानीसँग निकटता हुन सकेको छैन । छोराछोरीसँग नजिक छन्, बाबुआमासँग सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । तर, उनका केही हर्कतले भित्र–भित्रै पूर्वराजा पनि मुर्मुरिएको दरबार स्रोतले जनायो । पूर्वराजालाई छोराको अहिलेको संगत पनि मन परेको छैन ।

नागरिकबीच पूर्वराजाको लोकप्रियताको ग्राफ उकालो लागिरहेका बेला छोराको अलोकप्रियताको ग्राफले थिचिरहँदा दरबारप्रतिको विश्वास र मोह जनतामा फितलो हुनसक्ने देखिन्छ । यसैकारण पनि देशाटनदेखि विश्वका विविध देशको भ्रमणमा पूर्वराजाले पारसलाई साथ लैजाने गरेका छैनन् ।

दरबारप्रतिको सहानुभूति कायम देखाउनका निम्ति देशमा हुने विविध निम्तोमा पारस साथसाथ देखिए पनि भित्री रुपमा ज्ञानेन्द्र उनीसँग खुशी नरहेको निर्मलनिवास स्रोतले जनाएको छ । तर, आमा तथा पूर्ववडामहारानी कोमल शाह भने पारसलाई परिवारको बन्धनमा ल्याउनुपर्ने भन्दै अगाडि सार्छिन् । जसको उदाहरण हिमानी ट्रष्टले भूकम्पमा क्षति भएको गोरखाको विद्यालयको भवन निर्माण गरी हस्तान्तरण गरेको कार्यक्रममा पारस आमासँगै अतिथि रहनु थियो । सोही बेला हिमानीसँगका केही तस्बिरका कारण सम्बन्ध सुदृढ भएको अनुमान धेरैले गरेका थिए । तर पछिल्ला उनका गतिविधिले भने लोकप्रियतामा जोड होइन, घटाऊको यात्रा निश्चित हुनसक्ने बताइन्छ । दैनिक नेपालबाट