खानपिन र मलमुत्र त्यागबिना ७५ वर्षसम्म बाँचेका वृद्धको नि’धन

चिकित्सा विज्ञानका लागी रहस्य बनेका प्रह्लाद जनी उर्फ चुन्द्रीवाले माताजीको मंगलवार नि’धन भएको छ । एक श्रद्धालुका अनुसार ९० बर्षको उमेरका जनीले ज्यान गुमाएका हुन् ।

उनले विगत ७५ सालयता केहि खाएकी थिइनन् । खानामात्र होइन उनका भक्तका अनुसार जनीले यो ७५ बर्षसम्म पानी पनि पिएका थिएनन् । गुजरातको अहमदाबादको अम्बाजी क्षेत्रमा रहदै आएका उनको २६ मेमा नि’धन भएको हो । केहिदिनदेखि बिरामी उनमा कोरोनाको आशंका गरी परीक्षण गरिएको थियो । तर, रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको मृ’त्यु पुर्व नै श्रद्धालु र भक्तको हल्लामा सत्यता बुझ्ने भन्दै केहि चिकित्सक एवम् वैज्ञानिकले उनको निगरानि गरेको थिए । यतिका बर्षसम्म कोहि ब्यक्ति खानपिन, विनादिसापिसाव कसरी बाँच्छ भन्ने प्रमाण चिकित्सकले खोजेपनि फेला पारेका छैनन ।
उनलाई १५ दिनसम्म २४ सै घण्टा क्यामेराको निगरानीमा राखिएको थियो ।

तर त्यस समयमा समेत जनीले केहि खाएको प्रमाण जुटेन । जसलाई चमत्कार बताउदै चिकित्सकले हार मानेका थिए ।
जनीको पार्थीव शरीर श्रद्धालुको दर्शनकालागी राखिएको छ । बिहीबार उनको पार्थिव शरीरलाई समाधिष्ट गरिने छ ।