नेकपाभित्रको लडाई कुकुरहरुले हड्डिका लागि गर्ने लडाई मात्रै हो – पुर्व जर्नेल (भिडियो)

नेपाली सेनाका पुर्व व्रिगेडियर जर्नेल डा. प्रेमसिंह वस्न्यातले नेकपाको आन्तरिक विवाद हड्डिका लागि कुकुरको लडाई भन्दा फरक नभएको वताएका छन्।

नेकपाको किचलो तथा नेपालको वर्तमान राजनितिक अवस्थाका विषयमा नेपाल आजसँगको कुराकानीमा उनले यस्तो वताएका हुन् । ‘नेकपाभित्रको लडाई कुकुरहरुले हड्डिका लागि गर्ने लडाई मात्रै हो’ उनले भने–‘एउटा हड्डिमा ८/१० वटा कुकुर कुस्ति खेले जसरी प्रधानमन्त्री पदका लागि र देशको सम्पत्ति दोहन गर्नका लागि लडाई भईरहेको छ।’

नेताहरुको कुसंस्कारका कारण नेपालको राजनिति गनाईरहेको आरोप लगाएका उनले कोरोनाको ब्यवस्थापन, सिमा समस्या, गरिवी निवारण÷ब्यवस्थापन, रोजगारी सृजनालगायका कुरामा सरकार मात्र होईन, सम्पुर्ण राजनितिक दल नै फेल भएको वताए । ‘कोरोनाको माहामारी र चाडवाडका मुखमा नेपालीहरु धमाधम भारत पसिरहेका छन्’ उनी भन्छन्–‘यो विषयमा नेकपाका नेताहरु एक शब्द पनि वोल्दैनन्।’

नेताहरु घरपालुवा जनावर भन्दा पनि तल्लो स्तरमा पुगिसकेको वस्न्यातले वताए । ‘पाल्तु जनावरले पनि मालिक प्रति सदभाव र अपनत्व देखाउँछ। तर, नेताहरु पशु भन्दा गिरेर काम गरिरहेका छन’ उनले थपे–‘त्यसैले अहिले राजनिति गर्माएको होईन, गनाई रहेको मैले देखेको छु।’

नेपकामा दुईटा अध्यक्ष पद श्रृजना गरेजस्तै प्रधानमन्त्री ५/६ वटा तथा गृहमन्त्री र अर्थमन्त्री पनि २/४ वटा वनाएपछि मात्रै अहिलेको समस्या हल भएर जाने भन्दै उनले ब्यंग्य गरेका छन्।

नेताहरु स्वार्थमा लिप्त हुँदा देश र जनताले दुःख पाएको उनको आरोप छ । ‘वाईड वडि खाए, ओमनी लगाएर लुटे, वालुवाटारको जग्गा पनि खाए। अव देशको रगत खान वाँकी छ’ उनले थपे–‘यसैका लागि यिनीहरु पशुभन्दा पनि तल झरेर अमानवीय काम गरिरहेका छन्।’

न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरु इमान्दार हुने हो भने ५/६ जना प्रमुख नेताहरु अहिले नै जेल जाने अवस्थामा रहेको उनको दावी छ।

देशलाई अहिलेको अवस्थामा पुर्याउन १२ वुँदे समझदारी र त्यसै अन्तरगत वनेको संविधानको मुख्य भुमिका रहेको उनको वुझाई छ । ‘वनमारा जस्ता वावुराम भट्टराई, सुवास नेम्वाङ्ग र कृष्णप्रसाद सिटौला जस्ता २/४ जना प्रतिघातीलाई प्रयोग गरेर पश्चिमाले वनाई दिएको संविधानका कारण देशले दुःख पायो। जनताले दुःख पाए’ उनी भन्छन्–‘यो ब्यवस्था देशले धान्न सक्दैन। ज्ञानेन्द्र वा अरु कसैलाई ल्याएर राखेपनि अहिलेको ब्यवस्थामा देश टिक्दैन। अव यो ब्यवस्था फालेर माटो सुहाउँदो र अर्थतन्त्रले धान्ने ब्यवस्था ल्याउनुपर्छ।’

थप भिडियोमा हेर्नुस्