‘बढी हुने सबलाई झु*ण्डाएर तारो हान्न नपरोस’ भन्दै स्थानीयलाई सई सिटौँलाको ध*म्की

ललितपुर। गोदावरी नगरपालिकाको नल्लु खोलामा क्रसर व्यवसायी मधुसुदन डोटेलले खोला तथा व्यक्तिगत जग्गा मिचेर जबरजस्ती बाटो विस्तार गर्न खोजेपछि स्थानीय आक्रोशित हुदै झडप भएको छ । शुक्रबार दिउँसो भएको उक्त झडपमा परी डोटेल स*ख्त घा*ईते भएका छन् ।

डोटेलका म्यानेजर गणेश थापाको टाउकोमा चो*ट लागेको बताईन्छ । उनलाई उपचारको लागि सुमेरु अस्पताल लगिएको महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाले बताए । उनका अनुसार झडपमा एक लोडर र एक मोटरसाईकलमा क्ष*ति पुगेको छ ।

उक्त झ*डपपछि महानगरिय प्रहरी वृत्त चापागाउँ र प्रहरी चौकी टिकाभैरबको टोली परिचालन भएको थियो । टोलीको नेतृत्व टिकाभैरब प्रभागका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद सिटौँलाले गरेका थिए ।

उनको टोलीमा १० जना प्रहरी त्यहाँ पुगेका थिए । त्यसक्रममा व्यवसायी डोटेलकै इसारामा परिचालित प्रहरीले घ*टनास्थलको प्रकृति नहेरी नबुझी स्थानीयमाझ एक्कासी पुगी बढी हुने सबलाई झु*ण्डाएर तारो हान्न नपरोस भन्दै स्थानीयलाई थर्काएको भेला भएका मध्येका एक स्थानीयले बताए ।

‘हामी गाउँले भेला भईरहेको थियो । जवरजस्ती नगर्नु भन्दा व्यवसायीले झपडको स्थिति पैदा ग-यो । पछि पुलिस पठाएछ । पुलिसको सईले सिधैँ आएर हामी सबैको अगाडि सबलाई झु*ण्ड्याई तारा हान्न नपरोस् भन्दै गा*ली गलौचमा उत्रे ।’, उनले भने– ‘हामी अचम्मित भयौँ कि उ घ*टना बुझ्न होइन व्यवसायीको पक्ष लिएर आएका रहेछन् ।’

उनले त्यसो भनेपछि भिड थप अनियन्त्रित बनेको थियो । परिस्थितिलाई सम्हाल्न प्रहरीलाई हम्मे हम्मे बनेको थियो । वडाअध्यक्ष सहितको अगाडि उनले सार्वजनिक रुपमा यसरी बोलेका थिए ।

यस सम्बन्धमा आफूले त्यस्तो केही नभनेको सई सिटौलाले दाबी गरे ।

व्यवसायीकै इसारामा स्थानीय ४ जनालाई पक्राउ गर्न पुलिस परिचालन भएको थियो । पछि वडा–६ का अध्यक्ष विष्णुमान महर्जनले पक्राउ गर्न नदिएपछि पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको थियो ।

सई सिटौला यस अघि पनि महानगरिय प्रहरी प्रभाग फर्सिडोलमा वालुवा व्यवसायीसँग मिलेको भन्दै तत्कालीन एसएसपी गणेश बहादुर ऐरले परिसर तानेका थिए । उनी सञ्चारका सई हुन् । सई सिटौलालाई महानगरिय प्रहरी प्रभाग टिकाभैरवको इन्चार्ज बनाएपछि प्रहरीभित्रै खैलाबैला मच्चिएको छ । ‘उनी कसरी सञ्चारका सई युनिटको इन्चार्ज भए ? हामी अचम्मित भएका छौ, प्रहरी निर्देशिका अनुसार बन्न नपाउने हो ।’ एक प्रहरीले भने । उनी टीकाभैरव प्रभागमा जान एसएसपी रविन्द्र धानुकलाई विभिन्न शक्तिकेन्द्र मार्फत दबाब दिएको परिसरका एक सईले भने । दैनिकीन्युजबाट