नातेदारबाटै ४ वर्षकी बालिकाको बला’त्कारपछि ह’त्या

मकवानपुरमा ४ वर्षकी बालिकाको बला’त्कारपछि ह’त्या उनकै नातेदारबाट भएको खुलेको छ ।

बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बला’त्कार गरेपछि ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ह’त्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले ह’त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

भोलनले प्रहरी समक्ष आफूले बालिकाको बला’त्कारपछि ह’त्या गरेको बयान दिएका छन् । उनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर ह’त्या गरेको बताएको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले प्रारम्भिक चरणको अनुसन्धान सकिएपछि कागजी प्रक्रिया सुरु गरेको बताए ।

बालिकाको श’ब घर नजिकै बगरमा फेला परेको थियो ।