चाडपर्व नजिकिँदै गर्दा विप्लव नेकपाले लगायो म*दिरा बिक्रीमा प्रतिब*न्ध

कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थापना गरेको जनसत्ता कालिकोट जिल्ला जनपरिषदले जिल्लामा म*दिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ ।

जिल्ला जनपरिषदको तर्फबाट अर्जुन वि.क.ले शनिबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न जिल्लाबासी सबैमा अपिल गर्नु भएको छ । जारी विज्ञप्तीमा जनताको वैकल्पिक सत्ताको रुपमा स्थापीत जनपरिषदले समाजमा मौलाउदै गएको विकृति विसंगति, भ्रष्टचार, कमिसनतन्त्रका वि*रुद्ध संघष गर्दै आएको उल्लेख गरिएको छ।

जारी विज्ञप्तीमा भनिएको छ “दुई वर्ष अगाडी देखी कालिकोटमा मदिरा नियन्त्रणका लागि पहल गर्दै आएको र विविध कारणले यो विचमा फेरी पनि मदिरा बेचविखन र सेवनको कार्य गरेको देखिन्छ । जसले गरिब जनतालाई यो वा त्यो रुपमा प्रत्क्षय रुपमा हानि पुर्याएको छ ।”

त्यसैले अब देखि व्यापारी महानुभावहरुलाई मदिरा बेचविखनको कार्य नगर्न नगराउन यसै विज्ञप्ती मार्फत अपिल गर्दै घरेलु मदिराको लागि गाउँ टोल सर्च अभियान संचालन गरिने छ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा कुनै पनि हालतमा नियन्त्रण अभियानलाई आम कालिकोट निवासी आमा बुवा, दाजु भाई, दिदी बहिनी, व्यापारी, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौ भनिएको छ ।

विज्ञप्तीको अन्तमा समाजमा अप्रिय घ*टना बढदै गईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नियन्त्रण अभियानमा असहयोग गर्नेहरुले क्षतिको जिम्मेवार स्वंमनै हुनुपर्ने चेतावनी दिएको छ ।