भारतबाट खसी बोका ल्याउन रोक, दशैंमा मासुको भाउ कति पुग्ला ?

काठमाडौं। सरकारले औपचारिक घोषणाबिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ ।

व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ ।

चौपाया खरीद बिक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करिब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन । आर्थिक अभियानबाट