आजको राशिफल : २०७७ मंसिर ०४ गते बिहिवार, ई.सं.२०२० नोभेम्वर १९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आज वि.सं.२०७७ साल मंसिर ०४ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–पंचमी,५० घडी ३९ पला,रातको ०२ बजेर ४४ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाषाढा,२० घडी ५४ पला,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त उत्तराषाढा ।

सूर्योदय बिहान ०६ बजेर २८ मिनेट
सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ । बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ । लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आत्मिय मित्र तथा घर परिवारको भावना नबुझ्दा तपाईदेखि टाडिन सक्छन् । तयारि बिनानै महत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिले कार्यक्षेत्र तथा समाजमा कुनै अर्थ नराख्न सक्छ । आलोचना तथा नकारात्मक टिका टिप्पणि गर्नेहरु सक्रिय हुनेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ। मौषमि रोगको प्रकोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । बिदेशमा बसेर व्यापार गर्ने तथा बिदेशमा रहेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।