कोरोना सं’क्रमणबाट काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको मृ’त्यु

कोरोना भाइरसको संक्रमणका कारण दुई वरिष्ठ चिकित्सकहरुको मृ’त्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको मृ’त्यु भएको जानकारी दिएको छ।

कोरोना भाइरस संक्रमणका कारण झाको आज र थापाको हिजो मृ’त्यु भएको विज्ञप्तीमा उल्लेख छ। कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई नै संक्रमण भएको बताइएको छ।