नक्कली तमसुक बनाएर स्थानीय गरिबमाथि गठी गर्ने कलवार प*क्राउ

सर्लाही। ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले प*क्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ प*क्राउ गरिएको हो ।

प*क्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मु*द्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार आइतबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो ।

कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको तमसुक गरेको आ*रोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आ*रोप लगाएका छन् ।

यो पनि पढ्नुहोस: नक्कली तमसुक बनाउँदै, गाउँका गरिबसँग जबरजस्ती असुल्दै​