चार अन्तरिक्ष यात्रीसहित आइएसएस तर्फ नासा–स्पेसएक्सको यान

चार अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) को यात्रा सुरु गरेका छन् । तीन अमेरिकी र एक जापानी अन्तरिक्षा यात्रीले अमेरिकाको फ्लोरिडाबाट यात्रा थालेका हुन् ।

फ्लोरिडाको केनेडी स्पेस सन्टरबाट स्पेसएक्स कम्पनीले प्रदान गरेको रकेट तथा क्याप्सुलमा अन्तरिक्ष यात्रीहरुले आइएसएसको यात्रा थालेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेसएक्सले दोस्रो पटक सेवा प्रदान गरेको हो ।

अन्तरिक्ष यात्राको नयाँ युग सुरु भएको बताउँदै नासाले अब उपरान्त व्यवसायिक सेवा प्रदायकहरुबाट नियमित रुपमा अन्तरिक्ष यात्रा गर्न सकिने उल्लेख गरेको छ ।

अमेरिकी माइकल होप्किन्स, भिक्टर ग्लोभर र शानोन वाल्कर तथा जापानी स्पेस एजेन्सी (जासा) अनुभवी अन्तरिक्षयात्री साइची नोगुचीलाई लिएर अन्तरिक्ष यान आइएसएस तर्फ गएको हो ।

तीन फरक प्रकारका अन्तरिक्ष यानमा यात्रा गर्ने नोगुची पहिलो अन्तरिक्षयात्री बनेका छन्।

चार अन्तरिक्ष यात्रीलाई लिएर रकेट केनेडी स्पेस सेन्टरबाट नेपाली समय अनुसार सोमबार बिहान ६ बजेर १३ मिनेट जाँदा उडेको हो। एक दिनको अवधिमा उनीहरु आइएसएस पुग्ने छन् ।