यिनै हुन् चिनियाँ ह्या*कर, जसले नेपालका एक दर्जन बैंकको एटिएममा लु*ट म*च्चाए

काठमाडौं। नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए ।पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरी जानकारी दियो ।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १, १ थान समेत बरामद गरेको छ।

प्रहरीका अनुसार भारत हुँदै शुक्रबार उनीहरु नेपाल आएका थिए। सोमबार र मंगलबार आलोपालो गरी चीन फिर्ता हुने उनीहरूको योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।“शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले भने ।

तस्विर: नेपाल खबरका लागि दीपक खरेल