अचम्मकी स्कूटरवाली, एकै व्यक्तिलाई दिइन् दुईपटक ठ*क्क*र (भिडियो)

एजेन्सी। टर्कीको एक खाली सडकमा एक स्कूटर चालिकाले केही सेकेन्डको अन्तरमा एकै पैदलयात्रीलाई दुईपटक ठ*क्कर दिएकी छन् । टर्कीको उत्तरपश्चिममा रहेको कानाक्काले प्रान्तमा महिला उक्त व्यक्तिको पछाडि बिस्तारै आइपुग्छिन् तर उनलाई छल्न नसकी ठो*क्न पुग्छिन्।

ती दुईजनाले केही कुरा गरेको अनि ठ*क्कर खाने पुरुष बाटो का*टेर गएको देखिन्छ । उक्त महिलालाई स्कूटरको वजनले समस्या परेको जस्तो देखिन्थ्यो । उनले बल्लबल्ल स्कूटर चलाउँदै फेरि तिनै पैदलयात्रीतिरै जान्छिन् ।

उनले फेरि पनि तिनै पैदलयात्रीलाई ठ*क्कर दिन्छिन् । स्कूटर गएर पुरुषको गोडामा लाग्छ अनि उनी सडकमा पछारिन्छन् । महिला पनि भुइँमा पछारिन्छिन् र स्कूटर पनि उत्तानो पर्छ ।

ती पुरुष तत्कालै उठ्छन् र दुईदुईपटक ठ*क्कर खाएपनि स्कूटर उठाउँछन् । दुवैजनालाई सामान्य चो*टपटक मात्र लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।