२३ हजार किमी प्रतिघण्टाकाे गति क्षुद्रग्रह पृथ्वीतर्फ आउँदै, बचेर बस्न नासाकाे आग्रह

एजेन्सी। सेप्टेम्बर १४ का दिन एक क्षुद्रग्रह पृथ्वीमा खस्ने नासाले जनाएकाे छ । यस क्षुद्रग्रह (२००० क्यूडब्ल्यू ७) काे व्यास ९५१ देखि २१३१ फिटकाे बीचमा रहेकाे छ ।

नासाले जनाएअनुसार क्षुद्रग्रह करिव २३ हजार एक सय १२ किलाेमिटर प्रतिघण्टाकाे गतिले पृथ्वीतिर आइरहेकाे छ । यस हिसाबले आगामी सेप्टेम्बर १४ का दिन याे ग्रह पृथ्वीमा आइपुग्ने छ । सुरूमा पृथ्वी र यस ग्रहबीचकाे दुरी ५३ लाख ३१ हजार ६ सय ६६ किलाेमिटर थियाे ।

खगोलविदले यस क्षुद्रग्रहले पृथ्वीमा कुनै किसिमकाे खतरा नहुने जनाएका छन् । तर, नासाले भने क्षुद्रग्रहसँग बचेर बस्न आग्रह गरेको समाचारमा जनाइएकाे छ ।