विमानस्थलका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाए कारबाही गर्ने मन्त्रि भट्टराईको चेतावनी

काठमाडौं। सँस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइ चलाए कारवाही गर्ने बताएका छन् । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कार्बाहीको दायरामा ल्याउन उनले यस्तो नियम लगाउन लागेको जानकारी दिएका छन् । उनले त्यस्ता कुराहरुको अनुगमनका लागि सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले बताएका छन् । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कार्बाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएका छन् । मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी समेत दिएका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पारेका छन् ।