पिसाब रोकिएकी नानीलाई भर्ना नलिएपछि अस्पताल चाहार्दा-चाहार्दै ज्या’न गयो

काठमाडौ । यो अध्यारो दिन हो । सबै नेपाली जागौ । मेडिकल माफिया बिरुद्व जागौ । कलिलै उमेरमा मेरी बहिनीले ज्या’न गुमाउनु पर्यो । त्योपनि औषधी उपचार नपाएर । तिहारको मुखमा एक जना दाजुले बिलौना गर्नुभयो । तर दाजुका लागि तिहारको गहना चेली गुमिसकेकी थिएन् ।

आँखाभरी आँशु बनाएर उनले भने मेरी चेली त मैले गुमाए अझै यसरी कतिले ज्या’न गुमाउने हुन् भन्न सकिन्न । हात जोड्दै भने मेरो अपिल सबैले सुनिदिनुहोस् । यो दु:खद घटना सबैमा पुग्नेगरी सेयर गरिदिनुहोला । ता की अस्पतालले कसरी मानिसको मृ’त्यु् पर्खिरहेको छ भन्ने यो कहानीमा छ । तपाईहरु कोही कसैलाई केही समस्या भयो भने तत्कालै सचेत रहनुहोस् । आवश्यक कदम चालिहाल्नुहोस् । नत्र अस्पतालले कोरोना रिपोर्ट भन्दा-भन्दै सेतो कपडा कतिबेला ओढाईदिने हुन् कुनै ठेगान छैन ।

यो मेरो चित्कार सुनेर राज्यले अस्पातललाई कारबाही गरोस् । मेरी बहिनीले न्याय पाउन् । किनकी मेरो जिन्दगीको यो अति नै कालो दिन हो । खराब सिस्टमका कारण मेरो बहिनी माया मार्नु पर्यो। मेरो बहिनीको अचानक पिसाबमा समस्या आएको थियो । पिसाब रोकिएको शंका भएपछि हामी भक्तपुरको अस्पताल गयौँ ।

नानीलाई समस्या भएपछि अस्पताल त लग्यौँ तर अस्पतालको सिस्टमले पहिले कोरोना परीक्षणका लागि पीसीआर (PCR) जाँच भनियो । पीसीआर रिपोर्ट ल्याउनुहोस् अनि मात्र उपचार हुन सक्छ भनियो । बिहिनीलाई बिरामले झनै गाह्रो बनाउँदै लगेको थियो । बिरामीको अवस्था झन झन खराव हुदै गईरहेको थियो। पिसाब नआएका कारण तत्काल डायलासिस गरेर उपचार गर्नुपर्ने डाक्टरहरुले भने तर उनीहरु त्यसका लागिपनि रिपोर्ट नै पर्खिए ।

रिपोर्ट आउँदासम्म अवस्था झनै असहज भइसकेको थियो । हामी अस्पताल जाँचका लागि कहिले ललितपुर कहिले भक्तपुर अनि कतिखेर काठमाडौका सबै हस्पिटल गयौ तर कुनै पनि हस्पिटलले भर्ना लिएन। अब यतिबेलासम्म नानीका लागि आईसीयू र भेन्टिलेटर जरुरी हुन थालिसकेको थियो । केही घण्टाको बेवास्ताले नानीको पिसाब शरीरतर्फ फर्किन थालिसकेको थियो ।

त्यसले गर्दा उनको अवस्था झनै जटिल बन्न गयो । तर कुनैपनि अस्पताल आइसीयू र भेन्टिलेटर खाली छ भन्न तयार भएन । नानी अस्पतालको आँगनमा नै छटपटाइरहेकी थिइन् । बहिनीको जसरीपनि डायलासीस गरेर पिसाब बाहिर निकाल्नु थियो । तर अब त्यो समय ढिला भइसक्यो ।

बल्लतल्ल एक अस्पतालले भर्ना लिने भन्यो । किनकी त्यो बेलासम्म कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आइसकेको थियो । अब बल्ल भर्ना त लियो तर केही दिनदेखिको पिसाब सबै शरीरमा नै फर्किएकाले बहिनीलाई गम्भीर प्रकृतीको असर देखिन थालिसक्यो ।

अक्सिजनको मात्रा अत्याधिक कम भयो । प्रेसर अत्यन्तै लो भयो । अब फेरी यस्तो अवस्थामा डायलासिस गर्न सकिन्न भनियो । तरपनि आशा भने अझै थियो । त्यसो भनेर नै अस्पतालले बहीनीलाई दुई दिनसम्म भेन्टिलेटरमा राख्यो । अन्तत: अस्पतालले बहिनीको मृ’त शरीर बुझायो । बहिनी हामीले सकेको तिम्रो लागि सबै गर्यौँ । तर यो राज्यको सिस्टमले तिमीलाई बाँच्न दिएन । माफी चाहान्छु बहिनी यो अभागी दाजुको यो बर्ष मात्र हैन जन्मौजन्म तिहार अध्यारो भयो । निधार रित्तियो

बहिनीको जन्म मिति २०६० / ०८ / ०४
स्व. मिति २०७७ / ०६ / ३०

के गर्छौ नानु यस्तो भ्रष्ट देशमा तिम्रो जन्म भएछ जसको कारण तिमीले सही समयमा उचित उपचार पाउनबाट बञ्न्चित भयौ। जहॉ भए पनि तिम्रो आत्माले शान्ति पाओस्।😭😭😢